आदर्श सामुदायिक पुस्तकालयको उद्देश्य देहायबमोजिम रहेकोछः
क) यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख) यस क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण पाठक वर्गलाई शैक्षिक चेतनाको अभिवृद्धि गराउने ।
ग) समाजमा रहेका युवा वर्गलाई अन्य कुरीतिमा फस्न नदिइ अध्ययन तर्फ आकर्षण गराउने ।
घ) समुदायमा रहेका लेखकहरुको लेख रचना पुस्तकहरुलाई सङ्कलन, संरक्षण र सम्बर्द्धन एवम् प्रकाशन गर्ने ।
ङ) यस क्षेत्रमा अध्ययनरत विद्यार्थी तथा बाल बालिकालाई अध्ययनको क्रममा अपुग शैक्षिक सामाग्रीमा सहजता पुर्याउने ।
च) सामाजिक विकृति विरुद्ध शैक्षिक चेतनाको अभिवृद्धि गराउने ।
छ) पुस्तकालय सम्बन्धी अनुसन्धान र खोज गरी भविष्यमा यस क्षेत्रभन्दा बाहिरका पाठक वर्गलाई समेत आकर्षण गर्नसक्ने नमुना पुस्तकालयको रुपमा विकास गर्ने ।
ज) साधन र श्रोतले भ्याएसम्म यस क्षेत्रमा गरीव जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा छात्रवृत्तिको व्यवस्था गर्ने आदि ।
झ) आवश्यकता अनुसार विभिन्न साहित्यिक कार्यक्रम गरी नेपाली साहित्यको जगेर्ना गर्ने ।
ञ) यस क्षेत्रमा रहेका साहित्यिक व्यक्तित्वहरुको लेख रचना र अन्य प्रतिभावान व्यक्तित्वको लेख रचनालाई पुस्तक तथा पत्रिकाको माध्यबाट प्रकाशनमा ल्याउने ।
ट) नविनतम प्रविधिको प्रयोग गरी सूचना केन्द्रको रुपमा समेत पुस्तकालयको पँहुच विस्तार गर्ने ।
ठ) विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गर्ने र लोकसंस्कृतिको खोजी गर्ने ।