संस्थामा देहायबमोजिम चार प्रकारका सदस्यहरुको वर्गिकरण गरिएको छ ।
क) साधारण सदस्य
यस विधानको दफा (७) बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया पुरागरी आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुने छन् ।
ख) संस्थापक सदस्यहरु
यस संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारी एवम् सदस्यहरु संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरुले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
ग) आजीवन सदस्य
संस्थाको विकासका लागि विशेष सहयोग तथा योगदान पुर्याउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिने छ ।
घ) मानार्थ सदस्य
उपयुक्त ठहर भएको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित स्वदेशी तथा विदेशी नागरिकलाई संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।