परिचय

काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ४, ५, ६, ७ मा सामुदायिक पुस्तकालय नभएको अवस्थामा टोखा नगरपालिका वडा नं. ७ आदर्श समाज टोल विकास संस्था, तिलिङ्गाटार मा.वि. र टोखा न.पा. वडा नं. ७ को विशेष पहल र सक्रियतामा निर्माण भएको भौतिक पूर्वाधार लगायत समस्त समाजसेवी, बुद्धिजिवी, सरकारी तथा गैर सरकारी र अन्य क्षेत्रमा कार्यरत कर्मचारी, अवकास प्राप्त कर्मचारी तथा शिक्षकहरुको प्रयासबाट स्थानीय स्तरको साधन र श्रोत परिचालन गरी यस नगरपालिका वडा नं. ४, ५, ६, ७ मा बसोबास गर्ने सबै वर्ग र समुदायका लागि पुराना तथा वर्तमानमा प्राप्त पुस्तकहरुको सङ्कलन गरी, पत्रपत्रिका उपलब्ध गराई, खोजमूलक सामग्रीको खोजी गरी एउटै थलोमा बसेर अध्ययन गर्न सहज होस्, पुराना ज्ञान गुनका कुरा नयाँ पुस्ताले जानुन्, वैदिक र पौराणिक कालदेखि वर्तमानकालसम्मका धार्मिक, साहित्यिक, साङ्गीतिक, सांस्कृतिक, ऐतिहासिक, नैतिक र वैज्ञानिक तथ्यहरुसहित सबै क्षेत्रको ज्ञान तथा विद्यार्थी वर्गलाई समेत पाठ्यक्रम वाहेकका अन्य सामग्री उपलब्ध हुन सकुन् भन्ने उद्देश्यले आदर्श सामुदायिक पुस्तकालय स्थापना गरिएको छ ।